काठमाडौँ । युवराज सफलले नेपालमा टिकटक बन्द गराउन माग गर्दै सञ्चारमन्त्री रेखा शर्मासमक्ष निवेदन दिएका छन् । टिकटकले नेपालमा अराजकता फैलाएको र यसको नियमन पनि नभएको भन्दै उनले निवेदन दिएका हुन् ।

रवि लामिछानेविरुद्ध मुद्दा हालेर चर्चामा आएका अभियन्ता युवराजले टिकटकको प्रयोगले नेपालमा छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लीलता अपराध वृद्धि भएको निवेदनमा उल्लेख गरेका छन् ।

‘तत्कालका लागि टिकटक बन्द गराउन माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । साथै, टिकटक चलाउनै परेको खण्डमा पहिले नेपालमा सञ्चालन अनुमति लिन लगाउने र टिकटक सञ्चालन मापदण्ड, आचारसंहिता लागू गराउने र फेक आइडीहरूलाई चल्न नदिने वातावरण बनाई टिकटकलाई कानूनी दायरामा ल्याउन समेत माग गर्दछु’, उनको निवेदनमा भनिएको छ ।

टिकटकमा गेमको नाममा लाखौँ करोडौँको समेत कारोबार हुने गरेको र गिफ्ट प्राप्त गर्नेहरूले आजसम्म नेपालमा कुनै पनि राजश्व नतिरेको सफलको दाबी छ । टिकटक गेमलाई समेत करको दायरामा ल्याउन उनले माग गरेका छन् ।

उनले आफू पनि टिकटक लाइभमा नबस्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com