काठमाडौँ । एसिया कपको दोस्रो खेलमा आज बलिया दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।

निकै प्रतीक्षा गरिएको र उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच यो खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ।

 

सबैभन्दा बढी लोकप्रिय मानिने यी दुई देशका खेलमा कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ । भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानीमा हुने खेलमा दुवै टोलीमा रहेका विश्वस्टार बलर र ब्याटरको प्रदर्शन कडा प्रतिस्पर्धात्मक हुने मानिएको छ । भारतको ब्याटिङको परीक्षा पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामक सामु हुनेछ।

भारत र पाकिस्तानले आन्तरिक राजनीतिको कारण २०१३ पछि सिरिज खेलेका छैनन् । एसिया कप र विश्वकपमा मात्रै यी दुई देशबीचको भेट हुँदै आएको छ । त्यसैको कारण यी दुई देशबीचको खेललाई झन् महत्वका साथ हेर्ने गरिन्छ।

भारत र पाकिस्तानबीच ५० ओभरको एसिया कपमा कुल १३ खेल भएका छन् । जसमा भारत ७ र पाकिस्तान ५ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच ओडिआई भेटमा भारत ४ र पाकिस्तानले १ खेलमा विजयी भएको थियो ।

प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com