काठमाडौं । अति विशिष्ट व्यक्ति (भीभीआईपी), विशिष्ट व्यक्ति (भीआईपी) र सरकारी कर्मचारीले पछिल्लो १० वर्षमा स्वदेश तथा विदेश भ्रमण गर्दा करिब ३३ अर्ब रुपैयाँ खर्च गरेको पाइएको छ ।
अर्थ मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०७०–७१ देखि २०७९–८० सम्मको अवधिमा उनीहरुले उक्त खर्च गरेका हुन् । सो अवधिमा स्वदेशभित्रको अनुगमन तथा मूल्यांकन भ्रमण (स्वदेश) र विदेश भ्रमणमा कुल ३२ अर्ब ९६ करोड ६२ लाख २६ हजार ४६८ रुपैयाँ खर्च भएको छ ।
यस्तो रकमको सबैभन्दा ठूलो अंश भीभीआईपी, भीआईपी र सरकारी कर्मचारीको विदेश भ्रमणमा खर्च हुने गरेको छ । कोरोना महामारी नियन्त्रणमा आएपछि विदेश भ्रमणका नाममा हुने खर्च झन् बढेको छ ।
प्रकाशित मिति: १७ भाद्र २०८०, आइतबार
प्रतिक्रिया