चितवन । चितवनको भरतपुर महानगरपालिका–३ कमल नगरमा लागेको आगो  पुर्ण  रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।         कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा  लागेको आगो राति  २ बजेदेखि निभाउन सुरु गरिएकोमा  बिहान ७ बज्दा मात्र  पुर्ण रुपमा नियन्त्रणमा लिन सकिएको  हो ।

आगोबाट सो घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका छन् भने मानवीय क्षति भने भएको छैन ।

विष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसल, बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, बासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसलमा क्षति पुगेको छ ।  क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै छ ।

नारायणगढ बजार क्षेत्रमा पर्ने घरमा लागेको आगोले वरपरका बासिन्दा हरु  त्रसित भएका थिए । चार वटा दमकलको सहयोगमा  राति  २ बजेदेखि निभाउन सुरु गरिएको आगो  बिहान ७ बज्दा मात्र  नियन्त्रणमा आएको हो ।
भरतपुर महानगरपालिकाको दमकलले आगो निभाउन सुरु गरेको थियो । तर एउटा मात्र दमकलले आगो निभाउन नसकेपछि खैरहनी नगरपालिकाका दुईवटा र नेपाली सेनाको एउटा दमकल बोलाएर आगो निभाउन थालिएको थियो।

करिब २ बजेतिर आगो लागेको सूचना प्रहरीले पाए त्यसलगत्तै वडा प्रहरी कार्यालय नारायणगढ र जिल्ला प्रहरी कार्यालयको टोली आगो लागेको स्थानमा पुगेको थियो भने
आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी पनि खटिएका थिए ।

सबैको प्रयासमा आज बिहान ७ बजेको समयमा आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको हो । पुर्ण क्षतिको विवरण भने आउन बाँकी नै रहेको डिएसपी अधिकारीले बताए  ।

प्रकाशित मिति: १५ बैशाख २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com