नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवारबाहेक उम्मेदवारी दिएका अन्य कांग्रेसका नेता / कार्यकर्ता हरु लाई उम्मेद्बारी फिर्ता लिन आग्रह गरे ।

एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर गुमाईरहेको स्थिति प्रति आफू जानकार रहेको भन्दै सभापति देउवाले पार्टीको विजयका लागि साथीको उम्मेदवारी नै आफ्नो उम्मेदवारी हो भन्ने उच्चतम भावना राख्न पनि आग्रह गरे ।

स्वतन्त्र उम्मेदवारी दिने पार्टीका कार्यकर्तालाई निर्वाचन आयोगले तोकेको समय लाई ख्याल गर्दै शुक्रबार अपरान्ह ५ बजेभित्र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै उनले भने ‘ कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह होस् , त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु।’

पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउनको लागी पुर्ण सक्रियताको लागी पनि उनले आग्रह गरेक छन् ।

प्रकाशित मिति: १५ बैशाख २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com