काठमाडौं । काठमाडौंको तीनकुनेमा चार जनाको हत्या भएको छ।

काठमाडौं महानगरपालिका-३२ स्थित तिनकुने नजिकै एक सःमिलमा शुक्रबार राति चार जनाको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार घटनाबारे प्रहरीलाई गएराति ११:२३ बजे सूचना प्राप्त भएको थियो। तत्काल पुगेको प्रहरीले चार जना मृत अवस्थामा फेला पारेको थियो।

उनीहरुको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको एसपी ढुंगेलले जानकारी दिए। हत्या भएकामध्ये तीन जना एकै परिवारका हुन्।

हत्या हुनेहरूमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी  श्रीमती शुभद्र वाइवा, उनकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङका १९ वर्षीय नवीन राई रहेको एसपी ढुंगेलले जानकारी दिए।

अहिले चारै जनाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए।

प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com