काठमाडौं । पिकलबल एशोसियसन नेपालको आयोजनामा नेपाल-सिक्किम फ्रेण्डसिप पिकलबल टुर्नामेन्ट आजबाट सुरु भएको छ।

पुर्व उप-प्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमलथापाको प्रमुख आतिथ्यतामा खेलको उद्घाटन भएको हो। पुर्वमन्त्री थापाले सम्भाब्यता बोकेको पिकलबल खेलकुदको बिकास तथा प्रबर्द्धनमा आफुले सकेको सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

टुर्नामेन्ट काठमाडौंको बौद्धस्थित स्नोल्यान्ड स्पोर्ट्स एकेडेमीमा भईरहेको छ। पिकलबल खेल्न सिक्किमबाट ३० जनाको टोलि नेपाल आएको छ भने नेपालबाट ८० खेलाडी सहभागी भएका छन्।

एनसीसीएस, क्याम्पियन र काव्य स्कुलका विद्यार्थी खेलाडीहरु पनि सहभागी भएका छन्। यी बिद्यालयका विद्यार्थी खेलाडीहरुले एक-आपसमा प्रतिस्पर्धा गर्नेछन्।

 

पिकलबल एशोसियसन नेपालले दिएको जानकारी अनुसार पिकलबल खेल खेल्नका लागि सिक्किमबाट ३० जना खेलाडीको टोलि काठमाडौं आउन लागेका छन्। पिकलबल एशोसियसन नेपालले आफ्नो खेलाडीको खेलको स्तर उन्नतिका लागि सिक्किमसँग मैत्रीपुर्ण खेलको आयोजना गरेको पिकलबल एशोसियसन नेपालका अध्यक्ष सौरभ भण्डारीले बताए। अध्यक्ष भण्डारीले आफ्ना खेलाडीको खेलको स्तर उन्नतिका लागि विभिन्न देशका क्लबहरुसँग निरन्तर फ्रेण्ड्सिम टुर्नामेन्टको आयोजना निरन्तर गर्ने बताए।

विश्वव्यापी रुपमा लोकप्रिय बन्दै गएको ‘पिकलबल’ खेल पछिल्लो समय नेपालमा समेत लोकप्रिय बन्दै गएको छ।
विभिन्न शैक्षिक संस्था तथा स्थानीय क्लबहरुको सहकार्यमा पिकलबल एशोसिएसन नेपालले नेपालमा पिकलबल खेलको विकास तथा प्रबर्द्धन गर्दै आइरहेको छ।

 

प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com