एजेन्सी । अमेरिकामा एक अत्याधुनिक लडाकु विमान हराएपछि सरकारी अधिकारीहरुले नागरिकलाई देखे, भेटेमा जानकारी गराउन आग्रह गरेका छन्। आइतबार अमेरिकाको दक्षिणी क्यारोलिनाबाट एफ–३५ लडाकु विमान हराएको हो।

अधिकारीहरुले विमान दुर्घटनाको जोखिममा रहेको भनेपछि त्यसमा रहेका पाइलट उछिट्टिएर अथवा ‘इजेक्ड’ भएर बाहिर निस्केका थिए ।

केही लडाकु विमानहरुमा खतराका बेला पाइलट बाहिर निस्किन सक्ने अथवा इजेक्ट हुन सक्ने विशेष सुविधा उपलब्ध छ । खतराका बेला इजेक्ट हुन चाहे ‘ठूलो बल’ले पाइलटलाई अगाडि फालिन्छ र प्यारासुटको मद्दतले अवतरण हुन्छ।

आइतबारको यो घटनापछि अस्पताल लगिएका पाइलटको अवस्था  स्थिर रहेको बताइएको छ । त्यसपछि उक्त विमान भने सम्पर्कविहीन भएको हो।

घटनापछि अमेरिकी बेस डिफेन्स अपरेसन सेन्टरले एफ–३५ बारे कुनै जानकारी भएमा फोन गरेर जानकारी दिन आग्रह गरेको छ । लकहिड मार्टिनले बनाएको यी विमानको मूल्य आठ करोड अमेरिकी डलर (करिब १० अर्ब नेपाली रुपैयाँ बराबर) पर्छ।

 

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com