काठमाडौं । न्यु लक्ष्मी ज्वेलर्स बेलायत, फ्रुट एग्रो प्रा.ली काठमाडौं र जिरो टु वान कन्सल्टेन्सी चाबहिलको सहयोग तथा पिकलबल एशोसियसन नेपालको आयोजनामा ‘नेपाल-सिक्किम फ्रेन्डसिप टुर्नामेन्ट -२०२३’ सम्पन्न भएको छ।

ब्वाइज सिङ्गल, ब्वाइज डबल, मिक्स डबल र त्यसैगरी गल्स सिङ्गल र गल्स डबल खेल भएको थियो। ब्वाइज सिङ्गल तर्फको फाइनल खेलमा क्रीष लेप्चा (सिक्किम) स्वर्ण पदक, किरण खनाल (नेपाल) रजत पदक र समीर पोखरेल (नेपाल) ले कास्य पदक जितेका छन। ब्वाइज डबल तर्फ पुन्दिम/क्रीष (सिक्किम) स्वर्ण, समीर/सुवर्ण (नेपाल) रजत, किरण/सौरभ रजत (नेपाल) र राजु/राजेश (नेपाल) कास्य पदक जितेका छन। गर्ल्स सिङ्गल तर्फ प्रीतिका (सिक्किम) स्वर्ण, चन्द्रा (नेपाल) रजत, प्रशिका (सिक्किम) ले कास्य पदक जितेका छन। गर्ल्स डबल तर्फ प्रजुना/निकिता (नेपाल) स्वर्ण, स्वस्तिका/चन्द्रा (नेपाल) रजत र दिपा/पासाङ्ग (सिक्किम)ले कास्य पदक जितेका छन। त्यसैगरी मिक्स डबल तर्फ प्रीतिका/पुन्दिम (सिक्किम) स्वर्ण, अभिनब/पासाङ्ग (सिक्किम) रजत, सौरभ/स्वस्तिका (नेपाल) ले कास्य पदक जितेका छन। सिक्किम सङ्गको मैत्रीपुर्ण खेलमा विभिन्न बिधामा नेपालले कुल १६ पदक जितेको छ।

त्यसैगरी जुनियर तर्फ अन्तर विद्यालय स्तरीय खेल पनि सम्पन्न भएको छ। एनसीसीएस धुम्बाराही, क्याम्पियन स्कुल नक्साल र काव्य स्कुल बानेश्वरका खेलाडी विद्यार्थीहरुले पदक जितेका छन।

पुर्व उप-प्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यतामा खेलको उद्घाटन भएको थियो। काठमाडौंको बौद्धस्थित स्नोल्यान्ड स्पोर्ट एकेडेमीमा २ दिन सम्म भएको प्रतियोगितामा नेपाल र सिक्किमबाट करिब एकसय पचास खेलाडी सहभागी भएको पिकलबल एसोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले जानकारी दिए।

प्रकाशित मिति: २ आश्विन २०८०, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com