काठमाडौँ । काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार स्थानीयले बागमती नदी किनारमा बिहान शव देखेपछि खबर गरेका थिए । शव र मोटरसाइकल पुलको विस्तारका लागि खनिएको खाल्डोमा जमेको पानीबाट क्रेनको सहायताले बाहिर निकालिएको छ।

प्रहरीले दुर्घटना राति भएको हुनसक्ने जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति: १४ आश्विन २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com