काठमाण्डाै । नेपाली राष्ट्रिय फुटलब टोलीका केही खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा निकै हेपाहा प्रवृत्ति देखाउने गरेको बताएका छन् ।

अलमुताइरीको व्यवहार गतिलो नभएको भन्दै बन्द प्रशिक्षणबाट निस्किएका खेलाडीले आज सामूहिक रुपमा पत्रकार सम्मेलन गरेर मुख्य प्रशिक्षकले जबरजस्ती आफूहरुलाई प्रशिक्षणबाट निस्कन बाध्य बनाएको बताएका हुन् । 

टोलीका खेलाडी रोहित चन्दले होस्टेलमा पानी नभएको र बस्नको लागि उचित वातावरण नै नभएकोले होटलमा सरौँ भन्ने प्रस्ताव राखेकै भरमा अलमुताइरीले चन्दलाई प्रशिक्षणबाट निकालेको र त्यो विषयमा प्रश्न राख्दा आफूहरु सबैलाई निस्कन बाध्य बनाएको उनीहरुको गुनासो छ ।

खेलाडीले संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘सोमवार प्रशिक्षण सुरु हुनेबेलामा प्रशिक्षकले हामीलाई आइतवारको घटनाबारे निरास रहेको भन्दै प्रश्न गर्दा सबै टिमले निरास रहेको बतायौँ । उहाँले निरास भए पनि केही फरक नपर्ने बताउँदै अन्य २३ जना खेलाडी ल्याउन सक्ने बताउनुभयो अनि प्रशिक्षण पूरा गरेर समाप्त भयो । भोलिपल्ट मङ्गलवार प्रशिक्षण सकिँदा पनि कसैबाट प्रष्ट जवाफ नआएपछि हामी चेञ्जिङ रुममा प्रशिक्षकसँग रोहितबारे कुरा गर्न चाहन्छौँ भन्यौँ । उहाँले ५ जनाले आफ्नो धारणा राख भन्नुभयाे । सबैको बोल्ने इच्छा भए पनि सिनियरको हिसाबले हामीमध्ये ५ जनाले रोहितको माग जायज रहेको र हामीले भनेर नै रोहितले बोलेको भन्ने आशयको कुरा राख्यौँ हामीले हाम्रो माग रोहितलाई फिर्ता गर्नु नभएको तर अहिले क्याप्टेन रहेकाले उनले उठाएको विषय हामी सबैको हो भन्ने बतायौँ ।’ 

प्रकाशित मिति: १५ बैशाख २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com