काठमाडौं -सत्तागठबन्धन बैठकले विभिन्न स्थानीय तहमा आधिकारिक उम्मेदवारविरूद्ध उठेका बागी उम्मेदवारलाई कारबाहीको चेतावनी दिएको छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको सत्तागठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले यस्तो चेतावनी दिएको हो ।

शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन बागी उम्मेदवारलाई आग्रह गर्दै उम्मेदवारी फिर्ता नलिने उम्मेदवारलाई आ-आफ्नो दलबाट कारबाहीका लागि सिफारिस गर्ने तयारी रहेको बताईएको छ ।

कहाँ-कहाँ बागी उम्मेदवारी परेको छ र आज अपरान्ह ५ बजेभित्र फिर्ता भए वा भएनन् भन्ने बुझेर कारबाहीका लागि सम्बन्धित पार्टीलाई सिफारिस गर्ने समितिको तयारी छ । समितिका एक सदस्यले भने, ‘आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिनेलाई सम्बन्धित पार्टीले कारबाहीको निर्णय गर्छ।’
वैशाख ३० मा हुने स्थानीय चुनावका लागि उम्मेदवारी फिर्ता लिन चाहनेलाई आज अपरान्ह ५ बजे सम्म समय रहेको छ भने आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ।

चितवनलगायत विभिन्न जिल्ला हरुमा गठबन्धनका उम्मेदवारविरूद्ध बागी उम्मेदवारी परेका छन्। सत्तागठबन्धनका शीर्ष नेताहरूले पनि बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।

 

प्रकाशित मिति: १६ बैशाख २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com