हुम्ला । हुम्ला सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षिय जसबहादुर रोकायाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीबार मृत अवस्थामा भेटिएका थिए।

मृत्युको कारण खुल्न सकेको छैन । घट्नाबारे प्रहरीले अनुसन्धान थालेको छ। 

 

प्रकाशित मिति: १६ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com