काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित सर्प पालन कार्यक्रममा आर्थिक अनियमितता गरेको आरोपमा मधेश प्रदेशका तत्कालीन मन्त्रीसहित ७ जनाविरुद्ध झण्डै १८ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवसहित ७ जनाविरुद्ध १७ करोड ९८ लाख ३३ हजार बिगो कायम गरी आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक मामिला यादवका अलावा तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ, झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालक समितिका तत्कालीन अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र राय विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

त्यसैगरी लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मानबहादुर खड्काविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

तत्कालीन मन्त्री यादव, झलनाथ खनाल प्रतिष्ठानका तत्कालीन पदाधिकारीहरू र तत्कालीन नगरप्रमुख खड्काविरुद्ध १७ करोड ९८ लाख ३३ हजार तथा तत्कालीन सचिव श्रेष्ठविरुद्ध ३ करोड २७ लाख रुपैयाँ बिगो कायम गरिएको छ ।

अख्तियारले लालबन्दी नगरपालिका वडा नम्बर १ स्थित प्रतिष्ठानको नाममा रहेको ८ विघा ९ कठ्ठा ६ धुर जग्गा, सोही संस्थाको नाममा रहेका चारपाङ्ग्रे सवारी साधान समेत जफत हुन माग दाबी लिएको छ ।

प्रकाशित मिति: २१ आश्विन २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com