काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले इजरायलमा भएको हमलामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् ।

अध्ययन र रोजगारीका सिलसिलामा इजरायलमा रहेका हजारौँ नेपाली युद्धको चपेटाबाट संकटापन्न अवस्थामा रहेकोमा आफूलाई चिन्ता लागेको पनि उनले जनाएका छन् ।

राजा ज्ञानेन्द्रका तर्फबाट उनको संवाद सचिवालयले जारी गरेको सन्देशमा भनिएको छ, ‘यस्तो वियोग, वेदना र संकटको अवस्थामा उद्धार, उपचार गर्न र सबै नेपालीलाई स्वदेश फर्काउनको लागि नेपालले तत्काल पहल गर्नुपर्ने तथा शान्त कूटनीतिक क्षमता दर्शाइहाल्नु पर्ने आवश्यकता रहेको हामीले महसुस गरेका छौँ ।’

आजको दुनियाँमा कहीँ पनि द्वन्द्व र युद्धले राम्रो गर्दैन भन्ने मान्यता राख्दै आपसी सम्बन्ध सुधारका लागि सबै पक्षबाट सकारात्मक प्रयास हुनुपर्ने पनि राजा ज्ञानेन्द्रले प्रस्ट पारेका छन् ।

प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com