काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति १२:२२ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको हो।

असोज १६ गते बझाङ केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पको धक्काले बझाङसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ठूलो भौतिक क्षति निम्त्याएको थियो।

भूकम्पबाट बझाङमा १ जनाको ज्यान गएको थियो। असोज १६ गते यता बझाङ केन्द्रविन्दु बनाएर दर्जनौंपटक भूकम्प गएको छ।

प्रकाशित मिति: २५ आश्विन २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com