काठमाडौं-परराष्ट्रमन्त्री नारायण खड्का महत्त्वपूर्ण  कूटनीतिक निम्तो छाडेर पार्टीगत चुनावी प्रचारमा लागेका  छन् ।

भारत सरकारको विदेश मन्त्रालयसँगको साझेदारीमा अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) ले आयोजना गरेको भू–राजनीति र भू–अर्थशास्त्रमा महत्त्वपूर्ण मानिने ‘रायसिना डायलग’ मा सहभागी हुन नगई मन्त्री   खड्का गृहजिल्ला उदयपुरमा व्यस्त भएका हुन् ।

तीनदिने सम्मेलनमा ९० भन्दा बढी मुलुकका २ सय १० भन्दा बढी वक्ताले एक सयभन्दा बढी सत्रमा छलफल गरिरहँदा परराष्ट्रमन्त्री भने परराष्ट्रमन्त्री को आफ्नो  जिम्मेवारीभन्दा आफ्नो जिल्लाको निर्वाचनलाई ठुलो महत्त्व दिएर बसेका हुन्  ।                                                                उक्त सम्मेलनमा भारतसहितका विभिन्न मुलुकका विदेशमन्त्रीदेखि अन्य मन्त्री र विभिन्न क्षेत्रका विज्ञ हरुको उपस्थिति  थियो । सम्मेलनको उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयनले गरेका थिए ।परराष्ट्र मन्त्रालय स्रोत का अनुसार भने स्थानीय निर्वाचनमा व्यस्त हुनुपर्ने कारणले गर्दा मन्त्री भारत जान नपाएका हुन् ।

हरेक वर्ष राजनीति, व्यापार, मिडिया र नागरिक समाजका नेताहरू ‘रायसिना डाइलग’ मा नयाँदिल्लीमा भेला भएर विश्वको अवस्था र समसामयिक मामिलाको विस्तृत विषय माथि छलफल गर्छन् । सन् २०१९ मा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त सम्मेलनमा नेपालको तर्फबाट सहभागी  थिए तर त्यसपछि कोभिड–१९ को कारण दुई वर्ष भर्चुअल रूपमा सम्मेलन भएको थियो र सीमित प्रतिनिधिलाई मात्र बोलाइएको थियो ।कोभिड संक्रमण कम भएपछि फेरि ओआरएफले यसपटक उक्त सम्मेलनलाई व्यक्तिगत रूपमा सहभागी भएर गरेको हो ।

प्रकाशित मिति: १६ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com