काठमाडौँ । सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ।
बुधबार बिहान रुम्झाटारबाट लुक्लाका लागि उडेको ९एन–एएनजे कलसाइन हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेले जानकारी दिए ।
हेलिकप्टरमा यात्रु नभएको र पाइलट प्रकाश सेढाइ सुरक्षित भएको न्यौपानेले बताए ।
आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो । ‘यात्रु कोही थिएनन्, पाइलट सुरक्षित हुनुहुन्छ’, न्यौपानेले बताए ।
प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार
प्रतिक्रिया