भरतपुर महानगरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले आफुले उम्मेदवारी फिर्ता नलिने बताए ।माओवादीलाई मेयर दिन नहुने भन्दै कांग्रेस नेता तथा पूर्वसांसद पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेका हुन् ।

पौडेलको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ चितवन को भरतपुर पुगेका थिए ।पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि मन्त्री खाण र राज्यमन्त्री श्रेष्ठ काठमाडौं फर्किँने भएका हुन् ।

बिहीबार गृहमन्त्री खाणले पौडेलको घरमै गएर उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। तर पौडेलले उक्त आग्रह अस्वीकार गरे ।पौडेललाई कांग्रेस नेता रामचन्द्र पौडेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि फोन गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।तर उनले कसैको मानेनन् ।                                                  बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पौडेललाई फोन गरेर उम्मेदवारी फिर्ता लिन भनेका थिए।तर उनले भने-” म धेरै अघि बढिसकेको छु र अब उम्मेदवारीबारे चितवनका कांग्रेस कार्यकर्ताले निर्णय गर्ने छन् ।”

मिडिया संग को कुराकान अब दुनियाँको कुनै पनि तागतले आफ्नो उम्मेदवारी फिर्ता गराउन नसक्ने बताए ।
बिहीबार साँझ गृहमन्त्री खाणले पौडेललाई आफू बसेको होटल सेन्ट्रल पार्कमा बोलाएका थिए तर पौडेल नआएपछि पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेको भन्दै मन्त्री खाण र राज्यमन्त्री श्रेष्ठ आज काठमाडौं फर्किँने भएका हुन्  ।

प्रकाशित मिति: १६ बैशाख २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com