धनगढी । चितुवाको छालासहित धनगढीबाट तीन जना पक्राउ परेका छन्। कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बाट चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको हो।
करन बहादुर चन्द, बाजुराको गौमुल गाउँपालिकाका २६ वर्षीय धनकृष्ण रोकाया र बुढीगंगाका ३० वर्षीय हेमराज जोशी रहेका छन्।
पक्राउ परेकामध्ये चन्द सहायक हवल्दार हुन्। उनी मुख्यमन्त्री कार्यालयमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट ६ किलो ७४० ग्राम चरेश पनि बरामद गरिएको छ। प्रहरीले बरामद गरेको चितुवाको छालाको उचाई ७ फिट ६ इन्च रहेको छ भने चौडाई १ फिट १० इन्च रहेको छ।
प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार
प्रतिक्रिया