काठमाडौं । दोलखामा बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको बेतिनी घर भएका ३८ वर्षीय चेतनाथ न्यौपाने छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गत शुक्रबार न्यौपानेलाई काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ परेका न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय दोलखाको जिम्मा लगाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिए।

काठमाडौंको सामाखुसी बस्दै आएका न्यौपाने भने लसुनको कारोबारी थिए। चीनमा बसेर लसुनको कारोबार गर्ने गरेका उनी तस्करीको सुनमा पनि जोडिएको पाइएपछि पक्राउ गरिएको एसपी अधिकारीले बताए।

यो प्रकरणमा यसअघि ११ जना पक्राउ परिसकेका छन्।

प्रकाशित मिति: २ कार्तिक २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com