काठमाण्डाै –  महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पालिका चुनावको घोषणा पत्र सार्वजनिक गरेको छ । बबरमहलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा घोषणा पत्र सार्वजनिक गरिएको हो ।

चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले चुनावकै मजाक हुनेगरी सत्तारुढ दलहरुले चुनावी गठबन्धन गरेको आरोप लगाउँदै सत्तारुढ दलहरु चुनावमा जाँदा जनताले कुन पार्टी भनेर बुझ्ने ? भनेर प्रश्न समेत गरे ।
देश र दुनियाँले नबुझ्ने गरी सत्तारुढ दलहरुले गठबन्धन गरेर चुनावमा गएको नेता महतोले बताए । उनले भने-‘ चुनावमा जनताले त पार्टीलाई मत दिने हो तर सत्तारुढ दलहरुले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरे ।’

नेता महतोले दलीय प्रणालीमा दलहरु आफैँ चुनावमा जाने भएकाले आफ्नो पार्टीले गठबन्धन गरेर जाने विषयलाई महत्त्व नदिएको बताए । उनले पालिकामा आवश्यकताकाे आधारमा अन्य दलसँग चुनावी तालमेल गरेर जाने निर्णय गर्ने अधिकार स्थानीय पार्टीलाई दिइएको समेत उल्लेख गरे ।

घोषणा पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्ने व्यवस्था गर्ने, सार्वजनिक गाडीकाे भाडा निःशुल्क गर्ने, गरिबका लागि नि: शुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने लगायतका योजना उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति: १६ बैशाख २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com