पोखरा । कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर घाइते भएका छन्। शुक्रबार बिहान घाइते भएका उनको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ।
कास्की प्रहरीका अनुसार घाँस काट्ने क्रममा लडेर घाइते भएको जानकारीमा आए पनि उनको अवस्थाबारे विवरण आइसकेको छैन।
घाइते घिमिरेको उपचारमा कुनै कसर बाँकी नराख्न पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले अस्पताल प्रशासनसँग आग्रह गरेका छन्।
प्रकाशित मिति: १० कार्तिक २०८०, शुक्रबार
प्रतिक्रिया