मुम्बई । नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म रामायणको अहिले चर्चा निकै चुलिएको छ । यो फिल्ममा रणवीर कपुर रामको भूमिका निर्वाह गर्दै छन् । यसका लागि उनले तयारी पनि सुरु गरिसकेका छन् । यो फिल्मकै लागि रणवीर शाकाहारी बनेका छन् । माछा मासु खान छाडेका छन् ।

खबरका अनुसार यो फिल्ममा हनुमानको भूमिकामा सनी देओल देखिदैंछन् । गदर २ को मेगा सक्सेसपछि सनिको करियरको ग्राफ उकालो लागेको छ । उनको फिस पनि बढेको छ । रामायणमा हनुमानको भूमिकाका लागि उनले ४५ करोड भारु मागेको बताइएको छ ।

स्क्रिनमा हनुमानको भूमिका निभाउनु ठुलो जिम्मेदारी हुने अनि यो फिल्मको बीचमा उनले अरू कुनै प्रोजेक्टमा साइन नगर्ने बताइएको छ । यो फिल्मका लागि उनले आफूलाई शारीरिक अनि मानसिक रुपमा बदल्नु पर्नेछ । यस्तोमा उनले ४५ करोड भारुमा डिल फाइनल गर्न माग राखेका छन् । हनुमान भगवानकै कारण आफूलाई सफलता मिलेकोले उनी यो भूमिकामा खेल्न तयार रहेको बताइएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com