काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-५, लेलेबाट १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले लेलेस्थित नवीन सिलवालको घरमा जुवा खेलिरहेका जुवाडेलाई बिहीबार पक्राउ गरेको हो।

जुवाको खालबाट ३५ वर्षीय सुरेन्द्र महत, ३३ वर्षीय नवीन सिलवाल, ३० वर्षका श्रीकृष्ण थापा, ३० वर्षकै दिपेन्द्र थापा, ३७ वर्षीय कान्छा डंगोल, ३५ वर्षीय मनोज डंगोल,६४ वर्षीय रामकाजी महत, माधव महत, ३३ वर्षीय आशिष लामा र ४९ वर्षीय श्याम थापा पक्राउ परेका हुन्।

मिति २०८०।०७।०९ गते प्रहरी वृत्त चापागाउँको वडा एरियामा अवैध रूपमा जुवातास खेल्ने खेलाउने कार्य भईरहेको भन्ने गोप्य सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले ललितपुर जिल्ला, गोदावरी न.पा.५ लेलेस्थित नबिन सिलवालको घरमा रितपूर्वक खानतलासी लिँदा अवैध रूपमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुको साथबाट कौडा १६ थान, तास ९ बुक, मोबाइल १० थान तथा ९ लाख २ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई नियन्त्रणमा लिई ललितपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थुनामा राखिएको छ।

प्रकाशित मिति: १० कार्तिक २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com