काठमाडौं– गाजामा मानवीय युद्धविरामको पक्षमा नेपाल उभिएको छ। इजरायल–हमासबीच जारी द्वन्द्वमा तत्काल युद्धविराम गर्नुपर्ने पक्षमा नेपालसहित १२० राष्ट्र उभिएका छन्।

राष्ट्रसंघीय महासभामा विशेष सत्रमा जोर्डनले ल्याएको मानवीय युद्धविरामसम्बन्धी प्रस्तावको पक्षमा १२० राष्ट्रले मतदान गरेको समाचार संस्था सीएनएनले जनाएको छ।

जोर्डनको प्रस्तावको विपक्षमा अमेरिका, इजरायल, अष्ट्रिया, हंगेरीलगायत १४ देशले मतदान गरेका छन्। भारतसहित ४५ देश तटस्थ बसेका छन्।

प्रकाशित मिति: ११ कार्तिक २०८०, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com