काठमाडौँ ।  महिलामाथि दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छन् । मदिरा सेवन गरेर महिला प्रहरीलाई दुर्व्यवहार गरेको उजुरीपछि उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो ।

भट्टराईलाई केही दिनअघि नै हुम्लाबाट कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको थियो । उनलाई जिम्मेवारीबाट हटाएर हाल उनको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको प्रहरी स्रोतले बताएको छ । यसअघि पनि भट्टराई विभागीय कारबाहीमा परेका थिए ।

२०७७ वैशाखमा इलाका प्रहरी कार्यालय बुटवलमा हुँदा कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा उनको जिम्मेवारी खोसिएको थियो।

प्रकाशित मिति: ११ कार्तिक २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com