काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहेको प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेले जानकारी दिए।

शनिबार बिहान ७:३० बजेको समयमा निजगढ नगरपालिकाबाट वडा नं ८ बाट जीतपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ  मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा ड्युटीको सिलसिलामा मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भएको हो।

निजले चलाएको ज१२प ७१५४ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका प्रहरी जवान सुनारको प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकी थप उपचारका लागि एलएस न्यूरो अस्पतालमा लगिएकामा उपचारका क्रममा शनिबार मध्याह्न  १२:१५ बजे प्रहरी जवानको मृत्यु भएको प्रहरी उपरीक्षक काफ्लेले बताए।

प्रकाशित मिति: १२ कार्तिक २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com