कास्की । पाेखरामा नगरबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१७ छाेरेपाटनबाट पाेखरा–२२ पुम्दीभुम्दी जाँदै गरेको नगर बस घैयाखेतमा दुर्घटना भएको हो ।

घाइतेमध्ये तीन जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जानकारी दिएकाे छ । बसमा ३० जना यात्रु थिए । घाइतेहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।

ग १ ख ८५८५ नम्बरको बस घुम्तीमा ‘ब्रेक’ नलाग्दा ‘ब्याक’ भएर दुर्घटना भएको प्रहरीले बताएको छ । पोखरा यातायात प्रालिको बस शान्ति स्तुपा हुँदै महादेव मन्दिरसम्म जाँदै थियो । बस सडकबाट तल खसेको छ ।

प्रकाशित मिति: १२ कार्तिक २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com