काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हजार कुकुरको बन्ध्याकरण गरेको छ । महानगरपालिकाले २३ असोजदेखि कुकुरको बन्ध्याकरण सुरु गरेको थियो । जसमा आइतबारसम्म एक हजार कुकुरको बन्ध्याकरण गरेको हो ।

कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप दिने भन्दै पहिलो चरणमा वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ गरी ९ वटा वडामा बन्ध्याकरण सुरु गरेको थियो ।

तर, बिरोलोलाई पहिलो चरणमा बन्ध्याकरण नगरेपनि कुकुरहरुलाई बन्ध्याकरण गरिएको कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेशकुमार झाले जानकारी दिए ।

महानगरपालिकाले छनोट गरेको संघ संस्थालाई बन्ध्याकरण गर्दा प्रतिकुकुर २ हजार ५ सय रुपैयाँ महानगरले दिने गरेको छ । खोप मात्र लगाएकोमा २ सय रुपैयाँ दिने गरेको छ ।

बन्ध्याकरणपछि केही समय आराम गराएर कुकुरलाई उनीहरु बसोबास गर्ने गरेको ठाउँमा लगेर छोडिने झाले बताएका छन् । ‘खोप पाएको वा बन्ध्याकरण गरिएकाहरुको कानमा संकेत (एअर नोच) चिन्ह लगाएर महानगरले जहाँबाट उठायो त्यहीँ छोड्छ,’ उनले भने ।

प्रकाशित मिति: १२ कार्तिक २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com