काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० जनामध्ये थप तीन जना नेपालीको शव पहिचान भएको छ ।

ज्यान गुमाउनेमध्ये पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ । योसँगै ज्यान गुमाएका आठ जनाको शवको पहिचान भएको छ । दुई वटा शव पहिचानको क्रममा रहेका दूतावासले जनाएको छ ।

आक्रमणमा घाइते भएका चार जनामध्ये दुई जना डिस्चार्ज भएका र दुई जनाको उपचार भइरहेको छ । सम्पर्कविहीन भएका विपिन जोशीको खोजी भइरहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति: १२ कार्तिक २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com