काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखको वरीयताक्रम खोसिने भएको छ । नयाँ मर्यादा क्रमानुसार काठमाडौँ महानगर प्रमुख र उपप्रमुखको पनि देशभरका अरू महानगरपालिकासरह नै मर्यादा हुने प्रस्ताव अघि बढाइएको हो।

यो प्रस्तावसहितको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट पारित गरिएको छ । सोमबामर समितिले प्रतिवेदनसहितको उक्त विधेयक मङ्गलवार राष्ट्रियसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ।

हाल काठमाडौँ महानगरपालिका प्रमुखको वरीयताक्रम दशौँ नम्बरमा छ । अहिले दशौँ वरीयतामा काठमाडौं महानगर प्रमुखसँगै नेपाल सरकारका सहायक मन्त्री, प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य, नेपाल सरकारका पूर्वमन्त्री, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेशका मन्त्री, प्रधानसेनापतिलगायत छन् ।

हाल ११औँ नम्बरमा काठमाडौँबाहेक अरू सबै महानगरपालिका प्रमुखको वरीयता कायम छ । १३औँ वरीयतामा काठमाडौँ महानगर उपप्रमुखको वरीयता छ । काठमाडौँबाहेक अरू महानगरका उपप्रमुखको वरीयता १६औँ नम्बरमा छ ।

सोमबारको बैठकबाट सबै महानगरपालिका प्रमुखको वरीयता १७औँ नम्बरमा रहने गरी प्रतिवेदन पारित गरिएको छ ।

प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com