काठमाडौँ । धनुषामा महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक झाँक्रीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सबैला नगरपालिका–११ का ३२ वर्षीय विष्णुदेव ठाकुर रहेका छन् ।

ठाकुरलाई बिरामी महिलालाई झारफुक गरी निको पार्ने भन्दै मसानघाट पुर्‍याएर बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बताए । ठाकुरविरुद्ध जवरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको उनले बताए । डीएसपी अवालेका अनुसार गत कात्तिक ५ गते अष्टमीको राति ती महिलालाई झाँक्री ठाकुरले मसानघाटमा लगेका थिए ।

भूतप्रेत लागेकोले महिला बारम्बार बिरामी भइरहेको भन्दै झारफुक र तन्त्रमन्त्रका लागि झाँक्री ठाकुरले महिला र उनका श्रीमानलाई मसानघाट लगेका थिए । मसानघाटमा श्रीमान् बस्न नमिल्ने भन्दै उनले महिलामाथि जबर्जस्ती करणी गरेका थिए ।

उनका श्रीमान इन्जिनियर छन् । तर, अन्धविश्वासमा परेपछि उनी बलात्कारको शिकार भइन् । समय धेरै लागेपछि खोज्न गएका श्रीमानले श्रीमतीलाई बेहोस अवस्थामा फेला पारे र अस्पताल लगेका थिए ।

प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com