चितवन । गत जेठ १५ गतेको गणतन्त्र दिवसमा राष्ट्रपतिबाट आममाफी पाएका एक व्यक्ति चितवनमा अपहरण तथा ज्यान मार्ने धम्कीको अभियोगमा पक्राउ परेका छन् ।

कात्तिक ८ गते भरतपुर महानगरपालिका वडा नं. १ बस्ने सोमराज सुवेदीलाई फोन गरी अपहरणको धम्की दिने ५५ वर्षको रामचन्द्र थापालाई प्रहरीले भरतपुरको मालपोत चोकबाट रकम माग गर्दै गरेको अवस्थामा सोमबार पक्राउ गरेको हो । उनले
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार थापाले पटक पटक फोन गरी पैसा नदिए विद्यालय गएको समयमा छोराको हत्या गर्ने धम्की दिएपछि चितवन प्रहरीमा सुवेदीले जाहेरी दिएका थिए ।

मकवानपुर घर भए पनि चितवनकै भरतपुर महानगरपालिका ९ मा थापाका परिवार बस्दै आएका थिए । सुवेदीले नारायणगढको पुल्चोकमा सञ्चालन गर्दै आएका धन्वन्तरी मेडिकलमा आरोपी थापाको श्रीमती र छोराछोरी नियमित जसो उपचार गराउन जाने गर्थे । सुवेदीका अनुसार थापाको परिवार १७ वर्षदेखि उनको मेडिकलका नियमित जसो चेकजाँच गराउन जाने गर्थे ।

हिन्दी भाषामा टेलिफोन गरी फिरौती रकम माग्ने गरेकोले थापा नै धम्की दिने व्यक्ति होलान् भन्ने आफूले सोच्दै नसोचेको सुवेदी बताउँछन् ।

प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com