काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री च्यासल पुगेकी छन्। एमालेको चियापान कार्यक्रममा सहभागी हुनको लागि झाँक्री च्यासल पुगेकी हुन्।

झाँक्रीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे । उनले ओलीलाई पुष्पगुच्छा दिएकी छन् । यस्तै उनी अष्टलक्ष्मी शाक्यसँग अँगालोमा बाँधिएकी थिइन् । एमालेले आयोजना गरेको चियापान कार्यक्रम अहिले जारी छ।

झाँक्री पछिल्लो समय पार्टीभित्र सन्तुष्ट छैनन्। पार्टी नेतृत्वदेखि रुष्ट बनेको झाँक्री एमाले प्रवेश गर्ने तयारी रहेकोसम्म चर्चा चलेको थियो।

एमालेले चाडपर्वको अवसरमा गरेको चियापानमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको थियो। तर, अध्यक्ष नेपाल, महासचिव घनश्याम भुसाल गएनन्।

एमालेको निम्तो मान्नका लागि सम्मानित नेता झलनाथ खनाल पुगेका छन्।

प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com