काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीहरूको विषयमा कुनै सम्झौता नगर्ने संकेत दिएका छन् । उनले शुक्रबार १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। 

रोहित चन्दसहित मंगलबार राति राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले होटल छाडेका थिए । दस खेलाडीले बिहीबार पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक अल्मुताइरीको अन्डरमा आफूहरू खेल्न नसक्ने बताएका थिए। त्यसको भोलिपल्ट मुख्य प्रशिक्षक अल्मुताइरीले १७ नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। 

विकेश कुथु (गोलकिपर), विशाल सुनार (गोलकिपर), अभिषेक बराल (गोलकिपर), आकाश बुढामगर, आशिष चौधरी, विकाश तमाङ, जर्ज प्रिन्स कार्की, मनिष मगर, निरकुमार राई, राजन गुरुङ, रोशन रानामगर, रूपबहादुर लामा, सन्जोक राई, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, सुनिल श्रेष्ठ र सुशिल राई लाई बन्द प्रशिक्षणमा अल्मुताइरीले बोलाएका हुन्। 

नेपाल एएफसी एसियन कप २०२३ छनोटको तयारी छ । नेपालले छनोट प्रतियोगितामा जोर्डन, कुवेत र इन्डोनेसियाविरुद्ध खेल्नेछ । त्यसअघि नेपालले जेठ ११ र १५ गते कतारमा अफगानिस्तानविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दै छ। 

प्रकाशित मिति: १६ बैशाख २०७९, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com