कपिलवस्तु । शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई हातपात गरेका छन् ।

बिहीबार दिउँसो २ बजेतिर अधिकृत ज्ञवालीको कार्यकक्षमा प्रवेश गरी हातपात गरी गालीगलौज गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए ।

वादविवादका क्रममा ज्ञवालीको नेम प्लेट र काम गर्ने कार्यालयको टेबुलको सिसा पनि फुटेको अधिकृत ज्ञवालीले बताए।

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने, ‘एक्कासी मेरो कार्यकक्षमा आएर दुई मुक्का हान्नु भयो, टेबलका सिसा उठाउनु भयो कर्मचारी साथीहरू भएर बचाए ।’ आफू अहिले चेकअपका लागि अस्पतालमा रहेको अधिकृत ज्ञवालीले बताए ।

यता गाउँपालिकाका उपाध्यक्ष चौधरीलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । स्रोतका अनुसार उपाध्यक्ष कुर्मीले आफ्नो अधिकारले पाएका विषयवस्तुमा तोकआदेश गर्दा बेवास्ता गर्दै फर्काउने गरेको र कामविशेष कार्यालयको गाडी माग्दा नदिएकाले विवाद भएको बताइएको छ ।

यसैगरी गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीको अध्यक्षतामा बैठक बसेर उपाध्यक्षलाई पक्राउ गरी कारबाही गर्न माग गरीएको छ । उनलाई कारबाही नगरेसम्म गाउँपालिका र वडा कार्यालयको सबै काम ठप्प पार्ने निर्णय पनि गरेका छन् । त्यस्तै अध्यक्ष चौधरी र अधिकृत ज्ञवाली लगायतका कर्मचारीले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य भेटेर ज्ञापन पत्र दिई कडा कारबाहीको माग गरेका हुन्।

प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com