जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ४ महेन्द्रनगरका गुल्जार महम्मद रहेका छन् ।

इलाका प्रहरी कार्यालय धनुषाबाट खटेको गस्ति टोलीले महम्मदले महेन्द्रनगरमा सञ्चालन गर्दै आएको साहिल फ्रेस हाउस मासु पसलमा खसीको मासुसंगै बाख्राको मासु बिक्री गरिरहेको अवस्थामा फेला परेपछि उनलाई नियन्त्रणमा लिएको हो ।

सो मासु पसलबाट आठ किलो बाख्राको मासु बरामद भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिएका छन् । पक्राउ परेका मासु पसल सञ्चालक महम्मदलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा राखि थप अनुसन्धान कार्य भई रहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com