काठमाडौं । अर्ना वियरले जाजरकाेट-रुकुमका भूकम्प प्रभावितलाई २५ लाख रुपैयाँ सहयाेग प्रदान गर्ने घाेषणा गरेकाे छ। यति ब्रुअरी लि. (अर्ना बियर)ले सामाजिक सञ्जालमार्फत सहयाेग प्रदान गर्ने घाेषणा गरेकाे हाे।

‘विपद्को यस घडीमा सबैले आ-आफ्नो ठाउँबाट यथाशक्य सहयोग गर्नु हामी सबै नेपाली नागरिक तथा संघ सस्थाहरुको सामूहिक जिम्मेवारी ठहर्दछ,’ अर्नाले भनेकाे छ, ‘अत: सबैको सहयोगको हातेमालोको अपेक्षा गर्दै यस यति ब्रुअरी लि.(अर्ना बियर)ले पनि भूकम्प पीडितहरुको सहयोगार्थ रु.२५ लाख सहयोग उपलब्ध गराउने घोषणासमेत गर्दछौँ।’

जाजरकाेटकाे बारेकाेट केन्द्रबिन्दु भएर शुक्रबार राति ११:४७ बजे ६.४ रेक्टरकाे भूकम्प गएकाे थियाे। भूकम्पबाट हालसम्म १ सय ५७ जनाकाे ज्यान गएकाे छ भने कयाैँ घाइते भएका छन्।

भूकम्प प्रभावितहरुकाे लागि राहत र उद्दारकाे लागि सहयाेग जुट्ने क्रम जारी छ। याे सूचीमा अर्ना वियर पनि थपिएकाे छ।

प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com