नुवाकोट । स्थानीय तह निर्वाचनको उम्मेदवारीको विषयलाई लिएर नुवाकोटको विदुरमा कांग्रेस कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालय तोडफोड गरेका छन्। मतदानको मिति नजिकिंदै जांदा असन्तुष्ट पक्षले शुक्रबार बेलुकी उम्मेदवारीको विषयमा विवाद हुँदा पार्टी कार्यालय तोडफोड गरेका हुन्। 

सत्तारुढ गठबन्धान रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीलगायत पाँच दलले चुनावी गठबन्धन गरे पनि नुवाकोटको तीन स्थानीय तहमा कांग्रेस-माओवादी चुनावी तालमेल भएको छ। दुई दलबीच चुनावी तालमेल हुँदासमेत एउटै पदमा दुईवटै दलको उम्मेदवारी परेको र त्यसको उचित व्यवस्थापनको माग गर्दै विदुरस्थित पार्टी कार्यालय आइपुगेका कार्यकर्ताहरुले विवादमा आक्रोशित भइ तोडफोड गरेको प्रत्यक्षदर्शीहरुले बताए। 

पार्टी कार्यालयमा तोडफोड भएको कांग्रेस नुवाकोट क्षेत्र नं. २ का सभापति जगत तामाङको भनाइ छ।  दाहोरो उम्मेदवारीको विषयलाई विवाद समाधानको माग गर्दै आक्रोश युवाहरुले कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतको कार्यकक्षमा तोडफोड गरेको प्रत्यक्षदर्शीहरुले बताए। 

प्रकाशित मिति: १७ बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com