काठमाडौँ । गायक सुगम पोखरेलले एडिलेड कन्सर्टमा दर्शकलाई माइकले झटारो हानेका दृश्य सामाजिक सञ्जालमा भाइरल भएका छन्।

अष्ट्रेलियाको एडिलेडमा कन्सर्टका लागि उपस्थिति सुगमले शनिबार भूकम्पमा परी दिवंगत भएकाका नाममा एक मिनेट मौन धारणका लागि अनुरोध गरेका थिए । यही क्रममा विवाद बढ्दै गएपछि सुगमले दर्शकलाई ताकेर झटारो हानेको भिडियोहरूमा देखिएको छ ।

झटारो हानेको कुराले विवाद सिर्जना गरेपछि आइतबार सुगम पोखरेलले टिकटकमा भिडियो राख्दै दर्शकले मौन धारण गरौँ भन्दा नमानेपछि ‘रियाक्सन’ दिएको बताएका छन् । ‘म नेपाली हुँ । देशलाई दुख्दा मलाई पनि दुख्छ । अहिले भुइँचालोका कारण देश दुखिरहेको छ । हिजोको कार्यक्रममा मौन धारण गरौँ भन्दा के भयो त्यो तपाईँहरूले भिडियोमा देख्नु भएकै छ । मेरो एक्सनको रियाक्सन त्यसकै कारणले मात्र थियो । कसैको नेपाली मनलाई चित्त दुखाएँ भने क्षमा चाहान्छु । तर जहिले पनि संगीतको सेवा गर्नेछु,’सुगमले भिडियोमा भनेका छन् ।

सुगम अहिले अष्ट्रेलियाका विभिन्न सहरमा कन्सर्ट गरिरहेका छन् । यही क्रममा शनिबार उनले एडिलेडमा गीत गाउने कार्यक्रम थियो ।

प्रकाशित मिति: १९ कार्तिक २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com