काठमाडौं । केही दिनअघि पूर्व एआइजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच विवाह गर्ने सहमति भएको एउटा कागज सामाजिक सञ्जालमा भाइरल भयो । कागजमा उनीहरु दुवैले हस्ताक्षरसहित ल्याप्चेसमेत ठोकेका छन् ।

पूर्व एआइजी चन्दका नजिकका साथी सञ्जय बर्माले उक्त सहमतिको कागज सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । त्यसका आधारमा मिडियाहरुमा चन्द र बरालबीच विवाह भएको समाचार छ्याप्छ्याप्ति भयो । तर, अहिले यो विषयमा उनीहरु दुवैबीच आपसमै आरोप प्रत्यारोप सुरु भएको छ ।

सहमतिपत्र सार्वजनिक भएको २४ घण्टा नबित्दै पूर्वएआइजी चन्दले फेसबुकमा स्टाटस लेखेर खण्डन गरेको थिए ।

उनले लेखेका छन्, ‘लामो यात्रापछि फेसबुकमा हेर्ने मौका पाएँ । मैले पनि तारा बराललाई सामाजिक अभियन्ताको रुपमा मात्र चिनेको हुँ । तर मेरो विवाह भएको भनेर मेरो नाम बेच्ने काम भएकोमा दुःख लागेको छ । मेरो कुनै कसैसँग विवाह भएको छैन । यसरी मेरो बदनाम नगरियोस् । सबैको जानकारीका लागि मैले यो पोस्ट गरेको हो ।’

त्यसयता चन्दले धाराप्रवाह स्टाटस लेखिरहेका छन् । ती स्टाटसहरुमा उनले घुमाउरो तवरबाट तारालाई आरोपित गर्न खोजेको देखिन्छ । यद्यपि, तारासँग सहमति पत्रमा हस्ताक्षर गरेको कुरालाई भने उनले अस्वीकार गर्न सकेका छैनन् ।

प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com