काठमाडौं । प्रहरी प्रभाग कपनले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डोल्पाको साविक भिजेर गाविका–८ घर भई हाल काठमाडौं–६ मा बस्दै आएका २९ वर्षीय कार्मा लुण्डुप गुरुङ रहेका छन्।

सरस्वती नगरमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी प्रभाग कपनबाट प्रहरी निरीक्षक नवराज सापकोटको कमाण्डमा खटिएको प्रहरी टोलीले गुरुङलाई आइतबार राति १० बजेतिर पक्राउ गरेको हो।

माहांकाल सेचेन गुम्बा नजिकै एक घरको भुइँ तल्लामा बस्दै आएका उनलाई विभिन्न मेसिनरी सामान, नक्कली नोट र नेपाली नगदसहित नियन्त्रणमा लिइएको प्रहरी प्रभाग कपनले बताएको छ। उनलाई थप कारबाहीका लागि बौद्ध प्रहरीमा पठाइएको छ।

उनको साथबाट नक्कली नोटको फोटोकपी गर्ने मेसिन एक थान, डिजिटल तराजु सानो एक थान, मोबाइल दुई थान, नक्कली नोट एक हजार लेखिएको २२५ थान, नेपाली नोट नगद २६ हजार ८ सय,  एक थान ल्यापटप र पैसा छाप्न प्रयोग हुने मसीको बट्टा चार थान बरामद गरिएको छ।

प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com