काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी)विरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता भएको छ ।

सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीमाथि हातपात र गालीगलौज गरेका चौधरीविरुद्ध सोमबार मुद्दा दर्ता भएको हो ।

कार्तिक १६ गते उपाध्यक्ष चौधरीले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीमाथि गालीगलौच, हातपात र तोडफोड गरेको उजुरीका आधारमा पाँचौँ दिन सोमबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा मुद्दा दर्ता भएको हो ।

चौधरीविरुद्ध मुलुकी अपराधिकसंहिता २०७४ को परिच्छेद ५ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । यद्यपि उनीविरुद्ध पक्राउ पुर्जी भने जारी भएको छैन ।

प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com