एजेन्सी  । सोसल मिडिया प्लाटर्फम एक्सका मालिक एलन मस्क आफ्ना अभिव्यक्ति तथा क्रियाकलापहरुका कारण बारम्बार चर्चामा आइरहन्छन् ।

गतवर्ष ट्वीटर (हाल एक्स) खरिद गरेयता उनी धेरै नै सक्रिय भएका छन् । ट्वीटरको नाम परिवर्तन गरी एक्स बनाएका एलन मस्कले प्रतिस्पर्धी सोसल मिडिया प्लाटर्फम फेसबुकको नाम फेर्नका लागि त्यसका संस्थापक मार्क जुकरबर्गसँग महँगो प्रस्ताव गरेका छन्।

मस्कले फेसबुकको मातृ कम्पनी मेटाका सीईओ जुकरबर्गलाई एक अर्ब डलरको अफर दिएका छन् । यसका लागि उनले केवल एउटा शर्त राखेका छन्, त्यो हो फेसबुकको नाम बदल्ने ।
वास्तवमा यो घटनाको सुरुआत प्यारोडी वेबसाइटमा प्रकाशित समाचार पश्चात् भएको हो । The Babylon Bee  ले यस विषयमा एउटा पोस्ट लेखेका थिए ।

उक्त पोस्टमा लेखिएको थियो कि एलन मस्कले मेटाका सीईओ मार्क जुकरबर्गलाई फेसबुकको नाम बदल्नका लागि एक अर्ब डलर अफर गरेका छन् ।

उक्त पोस्टको समाचारमा प्यारोडी न्यूज पोर्टलले एलन मस्कलाई ट्याग गरेको थियो । अनि त के चाहियो ? मस्कले त्यस पोस्टमा जवाफ दिइहाले । उनले फेसबुकको नाम परिवर्तन गरी Faceboob बनाउनु उपयुक्त हुने बताए ।

तथापि मस्कको यस्तो हल्का टिप्पणीप्रति जुकरबर्गले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

यद्यपि मस्क र जुकरबर्गबीचको दोहोरी नयाँ भने होइन । यसअघि मस्कले जुकरबर्गसँग कुस्ती खेल्ने प्रस्ताव राखेका थिए र जुकरबर्गले चुनौती स्वीकार पनि गरेका थिए । यी दुई टाइकुन बीचको कुस्ती इटालीमा हुने तय भैसकेको भए पनि मिति भने टुंगिएको छैन ।

स्मरण रहोस् एलन मस्कले विकिपेडियालाई समेत नाम परिवर्तन गर्न सुझाव दिइसकेका छन् । उनले विकिपेडियाको नाम परिवर्तन गरी कम्तिमा एक वर्षका लागि डिकिपेडिया राख्न सुझाव दिएका छन् ।

प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com