काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले इजरायलबाट नेपाली उद्धार गर्दा लागेको लागत वापत पौने ६ करोड रुपैयाँ माग दाबी गरेको छ ।

निगमले २५ असोजमा वाइडबडी जहाजमार्फत इजरायलको तेल अभिभबाट २५४ नेपालीको उद्धार उडान गरेको थियो ।

उक्त उडान गर्दाको लागतवापतको ५ करोड ७५ लाख रुपैयाँ निगमले पर्यटन मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग माग गरेको हो।

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलको गाँजामा आक्रमण गरेपछि आफ्ना नागरिकको उद्दारका लागि सरकारले वायुसेवा निगमको जहाज पठाएको थियो ।

प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com