काठमाडौं–  जुवा–तास खेल्दै गरेको अवस्थामा ललितपुर प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ७ महिला र ३ पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनीहरुबाट १ लाख ३० हजार ४२० रुपैयाँ नगद बरामद भएको छ।

यो पनि पढ्नुहोस् ।

तिहारमा जुवा–तास खेल्दै हुनुहुन्छ? १ वर्षसम्म जेल बस्नुपर्ला नि!
यसैगरी, कालीकोट, खाँडाचक्र नगरपालिका–३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डेसमेत ६ जनालाई पक्राउ गरिएको छ।

उनीहरुबाट ३४ हजार १४० रुपैयाँ नगद बरामद गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

प्रहरी समाचार कक्षका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट विभिन्न किसिमका पटाका बरामद गरिएको छ। नेपालगञ्ज र बुटवलबाट काठमाडौं आएका बसमा निरीक्षण गर्दा विभिन्न प्रकारका पटाका बरामद गरिएको हो।

प्रकाशित मिति: २७ कार्तिक २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com