डोटी । डोटीमा आयोजना गरिएको ‘लक्ष्मीको नजर कसलाई’ चिट्ठा कार्यक्रममा सारांश भट्टले मोटरसाइकल जितेका छन् ।

डोटी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको चिट्ठा कार्यक्रममा दिपायल सिलगढी नगरपालिका–५ पुन्नाका ३ वर्षीय सारांश भट्ट प्रथम भए सँगै १५० सिसी बजाज कम्पनीको पल्सर मोटरसाइकल जितेर हुन् । उनको चिट्ठा नम्बर ४७४ रहेको थियो ।

२०८० सालको बडा दसैँ, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा वाणिज्य सङ्घले आयोजना गरेको चिट्ठा कार्यक्रममा शिखर नगरपालिका–१० का विक्रम नाथ दोस्रो भएका छन्।

नाथले ‘सामसुङ ग्यालेक्सी एजिरोफोरएस ‘ मोबाइल जितेका छन् । त्यसै गरी शिखर नगरपालिका मुडेगाउँका ऋषिराज जोशीले तेस्रो हुँदै नगद रु। १० हजार उपहार प्राप्त गरेका छन् ।

१० जनाले चिट्ठा प्रतियोगितामा सान्त्वना हुँदै दुई हजार पाँच सयका दरले जनही प्राप्त गरेको वाणिज्य सङ्घले जनाएको छ ।

आइतबार खोलिएको चिट्ठा प्रतियोगिताका लागि एक हजार ५ सय कुपन मध्य एक हजार ४ सय ७५ कुपन बाँडिएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विक्रम साउद जानकारी दिएका छन् ।

प्रकाशित मिति: २७ कार्तिक २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com