काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता गर्न माग गरेका छन्।

महामन्त्री शर्माले टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक रहेको बताउँदै सरकारलाई सो निर्णय अविलम्ब फिर्ता लिन निर्णय गरेका हुन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटकले सामाजिक सद्भाव बिगार्न थालेको निष्कर्ष निकाल्दै बन्द गर्ने निर्णय गरेको थियो। द्वेष फैलाउनेलाई पहिचान गरी नियम बनाई कारबाही गर्नुपर्नेमा सरकारले टिकटक नै बन्द गर्न लागेको भन्दै महामन्त्री शर्माले सरकारको सो निर्णयप्रति विरोध जनाएका हुन्।

‘गर्धनमा पिलो आयो भने गर्धननै काट्ने  ? कि जोखिम रहित उपचार खोज्ने?,’ उनले लेखेका छन्, ‘एउटा बिराउने साह्रा पिराउने ढङ्गले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ l यो निर्णय अविलम्ब फिर्ता होस्।’

‘गर्धनमा पिलो आयो भने गर्धननै काट्ने @PM_nepal_? कि जोखिम रहित उपचार खोज्ने ? द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ बन्द गर, No comment l तर एउटा बिराउने साह्रा पिराउने ढङ्गले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ l यो निर्णय अविलम्ब फिर्ता होस् l ‘

प्रकाशित मिति: २७ कार्तिक २०८०, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com