काठमाडौँ । टिकटक ब्याण्ड गर्ने सरकारी निर्णयविरुद्ध आधा दर्जन बढीले सर्वोच्चमा रिट हाल्ने तयारी गरेका छन् ।

सरकारको काम संविधानले दिएको अधिकार विपरित भएको र  अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको लगायतका कारण उल्लेख गरी विभिन्न संचारकर्मी, टिकटकरको समुह, र कानुन व्यवसायीहरुले रिट हाल्ने तयारी गरेका हुन् ।

यसघि सरकारले पबजी ब्याण्ड गर्दा पनि पनि सर्वोच्चमा रिट परेको थियो । रिटपरेपछि अदालतले पबजी ब्याण्ड नगर्न सरकारका नाममा आदेश दिएको थियो । यसपाली पनि यस्तै हुने कानुन व्यवसायीहरुको तर्क छ ।

तिहारको विदाका कारण अहिले अदालतले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट लिएको छैन । तिहारको विदा सकिएसँगै विभिन्न कानुन व्यवसायीहरुले यो रिट हाल्ने तयारी गरेका छन्।

प्रकाशित मिति: २७ कार्तिक २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com